Scrolling

सम्पूर्ण महानुभावहरुलाई म हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन साथै तनहुँ र लम्जुङ्गको रिस्ती आसपासबाट आउनुहुने सम्पूर्णलाई यस सेवा समाजमा सदस्य हुनलाई म हार्दिक अनुरोध गर्दछु।

Menubar

रिस्ती उपत्यका, श्री मंगला मा वि सोतीपसल एक झलक

              

             

Monday, November 9, 2015

मुक्तक- दुई टुक्रा



मुक्तक- दुई टुक्रा

यहाँ उपलब्धिबिहिन तयारी धेरै भयाे
उब्जनी अन्न भन्दा भकारी धेरै भयाे
सताब्दियौं पछि परेका छौ,उकाली लामाे छ
राजनितिक र प्राकृतिक महामारी धेरै भयाे।

सुडान,नाईजेरिया जस्तो नबने हुन्थ्याे देश
कङ्गाे र सिरिया जस्तो नबने हुन्थ्याे देश
बुध्द र सगरमाथाकाे शिर उच्च रहिरहाेस्
बर्मा र लिबिया जस्तो नबने हुन्थ्याे देश।


मुक्तक- दुई टुक्रा

भुइचालोले थल्लिएकी आमा र दशै दाँजिरहेछु
छिमेकीकाे नाकाबन्दी र जनजीवन दाँजिरहेछुु
हामी आफैमा आत्मनिर्भर नहुँदाकाे परिणाम हाे
समग्रमा सयौं पार्टीले गर्ने राजनिती दाँजिरहेछु।

७,१७,३६,४६,६२-६३ काेे आन्दोलन जित्याे कस्लेे
र पनि बेेला बेला देश दुखीरहेछ खै त देख्याे कस्ले
कुकुरलाई हड्डी झैँ भाछ आज बालुवाटारकाे कुर्सी
मधेसी ज्वाला सेलायाेे तेलकाेे धुपभित्रै बुझ्याे कस्ले।
 




 

No comments:

Post a Comment