सन्देश गीत-
के हाेला घर के हाेला भर आगनै न रहे
भाडिन्छ घर राष्ट्रियभाव भावनै न रहे।
छ उच्च छानाे रहिरहाेस पिढी रहिरहाेस आगन
नआओस् कहिल्यै कालाे रात आइरहाेस बिहान
के हाेला घर माने है डर आगनै न रहे
टाढिन्छ घर भातृत्वभाव भावनै न रहे।
नभन मधेस नभन पहाड नभन्देउ हिमाली
जात धर्मभन्दा ठूलो छ देश हौँ हामी नेपाली
के हाेला घर सारेर पर आगनै न रहे
भत्किन्छ घर बन्धुत्वभाव भावनै न रहे।
हिमाल,पहाड,तराई रहे रहन्छ स्वाभिमान
आमालाई लुछी,निर्बस्त्रपारी नगर तानातान
के हाेला घर नमाने डर आगनै न रहे
के भन्नू छ र मातृत्वभाव भावनै न रहे।
प्रवासबाट-परदेशीकाे तर्फबाट
सुख शान्ति छाइरहाेस् सधैं हजुरकाे
मंगलमय सुखद रहाेस् दशैं हजुरकाे।
शरदकाे सीतजस्तै,मखमलीकाे गीत जस्तै
सर्बत्र सुवास फैलियाेस् सधैं हजुरकाे
चन्द्र सुर्य दायाँ हाेस्,शनि संकटा नासभै
सुविचार मनमा आओस् सधैं हजुरकाे
सयपत्रीकाे यौवन,गुर्धौलीकाे चमक जस्तै
सुन्दर चाह फुलिरहाेस् सधैं हजुरकाे
निधारमा दहिअक्षता,जमरा हाेस् शिरभरी
उन्नति प्रगति भईरहाेस् सधैं हजुरकाे
शरदकाे विहानजस्तै,स्फटिक हिमाल जस्तै
सदिच्छाहरु हाँसीरहाेस् सधैं हजुरकाे
सफलताले रंगिरहाेस्,जिन्दगीको पानाहरु
साेचेझैं हाेस् चाहेझैं हाेस् सधैं हजुरकाे
हराभरा दुबाे जस्तै अम्रिसाेकाे गुबाे जस्तै
सद्भाव प्रेम फैलिरहाेस् सधैं हजुरकाे
सुख शान्ति छाइरहाेस् सधैं हजुरकाे
मंगलमय सुखद रहाेस् दशै हजुरकाे।
सर्बत्र सुवास फैलियाेस् सधैं हजुरकाे
चन्द्र सुर्य दायाँ हाेस्,शनि संकटा नासभै
सुविचार मनमा आओस् सधैं हजुरकाे
सयपत्रीकाे यौवन,गुर्धौलीकाे चमक जस्तै
सुन्दर चाह फुलिरहाेस् सधैं हजुरकाे
निधारमा दहिअक्षता,जमरा हाेस् शिरभरी
उन्नति प्रगति भईरहाेस् सधैं हजुरकाे
शरदकाे विहानजस्तै,स्फटिक हिमाल जस्तै
सदिच्छाहरु हाँसीरहाेस् सधैं हजुरकाे
सफलताले रंगिरहाेस्,जिन्दगीको पानाहरु
साेचेझैं हाेस् चाहेझैं हाेस् सधैं हजुरकाे
हराभरा दुबाे जस्तै अम्रिसाेकाे गुबाे जस्तै
सद्भाव प्रेम फैलिरहाेस् सधैं हजुरकाे
सुख शान्ति छाइरहाेस् सधैं हजुरकाे
मंगलमय सुखद रहाेस् दशै हजुरकाे।
No comments:
Post a Comment