Dashrath Thakuri
मुक्तक- दुई टुक्रा
१
भुइचालोले थल्लिएकी आमा र दशै दाँजिरहेछु
छिमेकीकाे नाकाबन्दी र जनजीवन दाँजिरहेछुु
हामी आफैमा आत्मनिर्भर नहुँदाकाे परिणाम हाे
समग्रमा सयौं पार्टीले गर्ने राजनिती दाँजिरहेछु।
२
७,१७,३६,४६,६२-६३ काेे आन्दोलन जित्याे कस्लेे
र पनि बेेला बेला देश दुखीरहेछ खै त देख्याे कस्ले
कुकुरलाई हड्डी झैँ भाछ आज बालुवाटारकाे कुर्सी
मधेसी ज्वाला सेलायाेे तेलकाेे धुपभित्रै बुझ्याे कस्ले।
No comments:
Post a Comment