Scrolling

सम्पूर्ण महानुभावहरुलाई म हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन साथै तनहुँ र लम्जुङ्गको रिस्ती आसपासबाट आउनुहुने सम्पूर्णलाई यस सेवा समाजमा सदस्य हुनलाई म हार्दिक अनुरोध गर्दछु।

Menubar

रिस्ती उपत्यका, श्री मंगला मा वि सोतीपसल एक झलक

              

             

Monday, November 9, 2015

!!!!!!!!!!!...गीत....!!!!!!!!!

Dashrath Thakuri
भैन म त तिम्रो खुशी किन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
जीन्दगीकाे उकालीमा एक्लाे वर पिपल छैन
चैतमासकाे खडेरीमा धुप छेक्ने सितल छैन
भैन म त तिम्रो दुःख छिन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
जीन्दगीमा सँगै सयौं जँघारहरु तर्नु थियाे
बिचै बाटाे छाेड्यौ हात यात्रा लामाे गर्नु थियो
भैन म त तिम्रो मातमा बिक्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
त्यो नजरले काँडा ठान्यौ टाढै हुन बेस लाग्यो
दाेबाटाेकाे ढुङ्गाे ठानी बिर्सिदिनु ठेस लाग्यो
भैन म त तिम्रो दिलमा भिज्न सक्ने मान्छे
नत भए तिम्रो माया चिन्न सक्ने मान्छे।
भैन म त तिम्रो खुशी किन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
~दशरथ ठकुरी दर्शन
के.एल,मलेसिया।

No comments:

Post a Comment