ती बनेलीकाे गुराँस कसरी भुल्न सक्छु र म?
कति साेध्दाे हाे ती गुराँसले रङ्गभरी बसन्तमा
कति खाेज्दाे हाे मखमलीले दङ्गपरी शरदमा
यी बेमौसमी फूलसँग कसरी झुम्न सक्छु र म
ती बनेलीकाे गुराँस कसरी भुल्न सक्छु र म?
चरी भन्दाे हाे काफल पाक्याे फर्क फर्क परदेशी
कति हेर्दाे हाे बाटाे देउराली कैले आउछ परदेशी
यी अन्जानी फूलसँग कसरी फुल्न सक्छु र म
ती बनेलीकाे गुराँस कसरी भुल्न सक्छु र म?
साेच्दाे हाे राेधीघरकाे मादलुले भल्यौ परदेशी
साेच्दाे हाे चौचारी,गामबेसीले भुल्यौ परदेशी
यी बेसर्मी फूलसँग कसरी खुल्न सक्छु र म

No comments:
Post a Comment